Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Mon, 29, Apr, 2024

मस्र्याङ्दी गाउँपालिकाका अधिकांश पसल नियम विपरीत सञ्चालन

रेडियो भोटेओडार १९ आश्विन २०८०, शुक्रबार १५:१२ मा प्रकाशित ( ६ महिना अघि) ५०८३ पाठक संख्या

लमजुङको मस्र्याङ्दी गाउँपालिकाभित्र संचालित अधिकांश पसल नियमविपरीत सञ्चालन भएको पाइएको छ । जिल्ला अनुगमन टोलिले आज गरिएको अनुगमनको क्रममा सो नियम विपरीत सञ्चालन भएको पाइएको हो । पालिकाको बजार क्षेत्रमा गरेको अनुगमनको क्रममा अधिकांश पसलहरुमा म्याद गुज्रेका सामाग्रीहरु भेटिएको थियो।
अनुगमन टोलीले गाउँपालिकाको ङादी, भुलभुले र खुदी बजार क्षेत्रका पसलहरुमा अनुगमन गरेको थियो । जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको संयोजकत्वमा गरिएको बजार अनुमगनमा पसलै पिच्छे छ्यापछ्याप्ती म्याद गुज्रिएको सामाग्री भेटिएको हो ।

उक्त क्षेत्रको २५ वटा पसलमा अनुगमन गर्दा एक दुई वटा पसलहरु बाहेक सवै पसलमा म्याद गुज्रेको सामाग्री भेटिएको पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताउनुभयो । म्याद गुज्रिएको सामाग्री खुलेआम रुपमा विक्रि वितरण गर्दै आएको पाइएकाले अनुगमन टोली प्रत्येक पसललाई दुई हजार देखि ५ हजार रुपैयाँ सम्म जरिवाना गरेको उहाँको भनाई छ ।

पसलैपिच्छे म्याद गुज्रेका अखाद्य बस्तु भेटिएपछि सम्वन्धित व्यवसायीकै रोवहरमा नष्ट गरिएको र जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताउनुभयो । मस्र्याङ्दीमा नियमविपरित पसल सञ्चालन पसलका सञ्चालकलाई कारबाही गर्दै जरिवानाबाट ३२ हजार रुपैयाँ राजस्व समेत संकलन गरिएको छ । उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी सुयलसहित पर्यटन तथा साना उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापा, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।


FLASH NEWS